शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

डिस होमको रिचार्ज गरी इटहरीका देवीप्रसादले जित्नुभयो एक लाख रुपैयाँ



16:15 शुक्रबार १६ , आश्विन २०७७

असोज १६ गते, इटहरी ।

डिसहोम डिलर दाइको डिसकाउन्ट अफर अन्तरगत बार्षिक रिचार्ज गरी इटहरी – २ का देवीप्रसाद खतिवडाले १ लाख रुपैया प्राप्त गर्नुभएको छ ।
बार्षिक रिचार्ज गर्ने मध्येबाट खतिवडाले यो पुरस्कार प्राप्त गर्नुभएको हो । वहाँलाई आज शुक्रबार इटहरीमा पुरस्कार रकम प्रदान गरिएको छ । खतिवडाले नवरगं टिभि सेन्टरबाट रिचार्ज गर्नुभएको थियो ।
डिसहोमका प्रदेश नम्बर एकका प्रमुख बिपिन्द्र न्यौपाने, कोसी अञ्चल इन्चार्ज मनोज रिजाल र नवरगं टिभिका डाइरेक्टर प्रेम बस्नेतले संयुत रुपमा पुरस्कार राशीको चेक हस्तान्तरण गर्नुभयो ।
पुरस्कार प्राप्त गरेपछि खतिवडाले खुसी व्यक्त गर्दै भन्नुभयो – “बार्षिक रिचार्ज गरेकै कारण मलाई एकलाखको पुरस्कार प्राप्त भयो । मैले बुझेँ मासिकभन्दा बार्षिक रिचार्ज गर्नु नै धेरै फाइदा हुनेरहेछ । पहिले कार्डबाट रिचार्ज गर्थे अहिले फण्ड ट्रान्सफरबाट रिचार्ज गर्दा यो लक्की ड्र मा सहभागी हुनपाए । उतम निरौला सरले बार्षिक रिचार्जको जानकारी गराउँनुभएको थियो मलाई । डिसहोमका सबै ग्राहकलाई पनि यही भन्न चाहन्छु । छुट पनि पाएँ र लक्की ड्र मार्फत पुरस्कार पनि जिते ।”
कोशी अञ्चल इन्चार्ज मनोज रिजालले भन्नुभयो – “हामी जहिल्यै पनि हाम्रो प्रतिबद्धता पुरा गर्छौ । देशका अन्य ठाउँमा पनि पुरस्कार विजेताहरुलाई रकम प्रदान भइरहेको छ ।”
डिसहोमका प्रदेश नम्बर एक प्रमुख बिपिन्द्र न्यौपानेका अनुसार बार्षिक रिजार्च गर्दा ग्राहकलाई दुई फाइदा छन । पहिलो रिचार्जमै कम पैसा लाग्छ, दोस्रो स्किम अनुसारको पुरस्कार जित्न पनि सकिन्छ । वहाँका अनुसार हिजो झापामा पनि पुरस्कार वितरण गरिएको छ । झापा बुद्धशान्ति गाउँपालिका वार्ड नम्बर ६ का भुवदेव कार्की र भद्रपुर नगरपालिका वार्ड नम्बर ५ का अमित अधिकारीलाई एक–एक लाख रकम पुरस्कार प्रदान गरिसकिएको छ ।

फण्ड ट्रान्सफरबाट बार्षिक र अनलाइनबाट ५ हजारभन्दा माथिको रिचार्ज गर्दा यो लक्की ड्र मा सहभागी हुन पाइने डिस होमले जानकारी दिएको छ । कोसी अञ्चल इन्चार्ज रिजालका अनुसार साप्ताहिक रुपमा लक्की ड्र मार्फत देशभरमा दुइ जना ग्राहकले  एक–एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 
 

Featured News

Advertisement