शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

इटहरी खानेपानीका अध्यक्ष रामप्रसाद चौलगाईमा कोरोना संक्रमण पुष्टी



13:33 सोमबार १९ , आश्विन २०७७

असोज १९ गते, इटहरी ।

इटहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष रामप्रसाद चौलगाइलाई कोरोना संक्रमण पुष्टी भएको छ । कोरोना पोजेटिभ देखिएको अध्यक्ष चौलगाइले आफैँ फेसबुक मार्फत सार्वजनिक गर्नुृभएको छ । आज सोमवार विहानै फेसबुक स्टाटसमा वहाँले लेख्नुभएको छ – “स्वयं म समेतमा कोभिड – १९ पोजेटिभ देखियो तर हामी सवैको स्वास्थ्य अवस्था सामान्य रहेको अवगत गराउदै सम्पर्कमा रहनु भएका महानुभावहरुमा सतर्कताको लागि अनुरोध गर्दछु । साथै छरछिमेकी, आफन्तजन र पार्टी परिवार नेतृत्व समेतमा जानकारीकागि अनुरोध छ ।”
यस अघि नै चौलगाइ परिवारका सदस्यमा संक्रमण पुष्टि भएको थियो । असोज १६ गते शुक्रबार नै यो कुरा रामप्रसादले सार्वजनिक गर्नुभएको थियो । वहाँले फेसबुकमा लेख्नुभएको थियो – “हाम्रो परिवारमा कोभिड – १९ ले स्पर्श गरेछ सर्वप्रथम नजिकका छरछिमिकी, आफन्तजन र पार्टी परिवार समेत नेतृत्वमा जानकारी ।”
वहाँहरु सबै घरमै रहनुभएको छ । 
 

Featured News

Advertisement