शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

नेविसंघका अध्यक्ष राजिव ढुङ्गानालाई कोरोना पोजेटिभ



03:47 मंगलवार २० , आश्विन २०७७

असोज २० गते, इटहरी ।

नेपाल विधार्थी संघका केन्द्रिय अध्यक्ष राजिव ढुङ्गानालाई कोरोना कोभिड – १९ पोजेटिभ भएको छ । वि. पि. स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वाव परिक्षण गर्दा पोजेटिभ देखिएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
विधार्थी नेता राजिव समेत आफ्नो फेसबुकमा लेखि सबैलाई जानकारी दिनुभएको छ । वहाँले हिजो सोमबार राती स्टाटसमा लेख्नुभएको छ – “आज वीपीकेएचएस धरानमा कोरोना परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएकोले यस विचमा मेरो सम्पर्कमा आउनु भएका सवै जनालाई स्वास्थ्य सतर्कता अपनाउन आग्रह गर्दछु ।”
आजसम्म इटहरीमा ६ सय १२ जनामा कोरोना संक्रमण भएको छ । कोरोनाको कारण ४ जनाको मृत्यू भएको छ ।
 

Featured News

Advertisement