नेकपा सुनसरी जिल्ला सचिवालय सदस्य राम निरौलाको निधन, कोरोना पोजेटिभ पनि देखियो
असोज २१ गते, इटहरी ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुनसरी जिल्ला कमिटि सचिवालय सदस्य राम निरौलाको निधन भएको छ । ग्राण्डी अस्पताल काठमाण्डौंमा उपचारका क्रममा रहनुभएका निरौलाको असोज २० गते राति १० वजेर ३० मिनेटमा मृत्यु भएको जनाइएको छ ।
निरौलालाई निमोनियाको लक्षण देखिएको थियो । कोरोना पोजेटिभ पनि देखिएको नेकपा पार्टी स्रोतले जनाएको छ ।
कानुन व्यवसायमा सक्रिय अधिवक्ता निरौला उच्च अदालत विराटनगर बारको पूर्व अध्यक्ष समेत रहनुभएको थियो । सामाजिक काममा पनि निरौलाको सक्रियता र सहभागिता उतिकै रहने गरेको थियो ।
निरौलाको मृत्युले पार्टीलाई अपुरणिय क्षति भएको नेकपा सुनसरीका सचिव रमेश बस्नेतले प्रतिक्रिया दिनुभएको छ ।
प्रदेश नम्बर एकका उधोग, पर्यटन, वन तथा वातावरण मन्त्रि जगदिश कुसीयैतले हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दै सोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्नुभएको छ ।
यसैगरी जिल्ला कमिटि, प्रदेश कमिटि तथा केन्द्रिय कमिटि सदस्यहरुले समेत दुख व्यक्त गर्दै श्रद्धाञ्जली अपर्ण गरेका छन् ।






