शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

विराटनगर विमानस्थलको विस्तार गरिने



04:52 बुधबार २१ , आश्विन २०७७

असोज २१ गते, विराटनगर ।

विराटनगर विमानस्थललाई विस्तार गरिने भएको छ । यसका लागि प्रदेश १ सरकार, विराटनगर महानगरपालिका र नागरिक उड्ययन प्राधिकरणवीच सोमबार विराटनगरमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

नागरिक उड्ययन प्राधिकरणको ५० प्रतिशत, प्रदेश सरकारको ४० प्रतिशत र विराटनगर महानगरपालिकाले १० प्रतिशत लागत खर्च बेहोर्ने छ । समझदारीपत्रमा प्रदेश सरकारका तर्फबाट उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव मेघनाथ काफ्ले, विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेल र नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । 
विराटनगर विमानस्थलको काममा तीनै तहका सरकारले लागत योगदान गर्ने सहमति संघीय राज्य व्यवस्थाको पहिलो अभ्यास भएको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईल बताउनुभयो ।
 

Featured News

Advertisement