शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

इटहरीमा नयाँ प्राविधिक कलेजको स्थापना, तीन बर्षे डिप्लोमाका कक्षाहरु सञ्चालन हुने



03:22 बिहीबार २२ , आश्विन २०७७

असोज २२ गते, इटहरी ।

इटहरीमा यसै शैक्षिक सत्रबाट सञ्चालन हुनेगरी नयाँ प्राविधिक कलेजको स्थापना भएको छ । नरबहादुर कर्माचार्य मेमोरियल फाउण्डेसन सुनसरीले कलेज स्थापना गरी सञ्चालनमा ल्याएको हो । कलेजले यस शैक्षिक सत्रको लागि तीनबर्षे डिप्लोमा कोर्षमा कृषि बालि विज्ञान, सिभिल इन्जिनियरिङ र होटल म्यानेजमेन्टमा भर्ना खोलिसकेको कलेजका प्रिन्सिपल अर्जुन उप्रेतीले जानकारी दिनुभयो ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) बाट सम्बन्धनप्राप्त यस कलेजमा तुलानात्मक रुपमा गुणस्तरिय तथा सुलभ शुल्कमा पढाई हुने प्रिन्सिपल उप्रेतीले जानकारी दिनुभयो । उप्रेतीका अनुसार सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाहरु हुनेछन् जसका लागि स्तरिय कक्षा कोठा, ल्याब, रेष्टुरेन्ट, पुस्तकालय, वर्कसप रुम आदि तयार गरिएको छ । सैद्धान्तिक ज्ञानमा पोख्त र सीपयुक्त जनशक्ति उत्पादन गर्नु कलेजको उदेश्य रहेको जनाइएको छ ।
“सर्वधारणमा प्राविधिक शिक्षाको पहुँच पुर्याउने लक्ष्य रहेकाले हामीले शुल्कको नाफाभन्दा विधार्थीलाई गुणस्तरिय सीपमुलक शिक्षा दिनुलाई पहिलो प्राथमिकतामा राखेका छौँ । छात्रवृतिका सुविधाहरुपनि रहेका छन् ।” – प्रिन्सिपल उप्रेतीले भन्नुभयो ।
एसइ परिक्षा उर्तिण गरेका विधार्थीहरुले यी कोर्षमा भर्ना हुन पाउँनेछन् ।
नरबहादुर कर्माचार्य नेपाल कम्युनिष्ट पार्टीका सस्थापक सदस्य हुन् । वहाँको नाममा स्थापना भएको प्रतिष्ठानले केही बर्ष अघिदेखि सुनसरीमा शाखा खोली विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
 

Featured News

Advertisement