नेकपा अध्यक्ष ओलीलाई अनुसाशनको कार्वाही गरिएको निर्वाचन आयोगलाई जानकारी
20:22
सोमबार
६ ,
पुष
२०७७
NepalBit
872
२०७७ पुस ६ गते, इटहरी ।
नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डको अध्यक्षतामा हिजो वसेको स्थायि समितिले अर्का अध्यक्ष केपी ओलीलाई अनुसाशनको कार्वाही गर्ने बारे गरेको निर्णय आज निर्वाचन आयोगलाई जानकारी गराएको छ ।
स्थायि समिति सदस्य लिलामणी पोखरेलले आजै निर्वाचन आयोग पुगेर सो कुरा जानकारी गराउनुभएको हो । हिजोको स्थायि समितिले गरेको निर्णय भोलि १ बजे वस्ने केन्द्रीय समितिको बैंठकबाट अनुमोदन गरिने पोखरेलले जानकारी दिनुभयो ।






