कोरोना विरुद्धको खोपका लागि सेरमको प्राथमिकतामा नेपाल
२०७७ पुस ७ गते, इटहरी ।
भारतको सेरम इन्टिच्युटले कोरोना भाइरसविरुद्धको खोप प्रदान गर्ने बिषयमा नेपाललाई प्राथमिकतामा राखेको जनाएको छ ।
भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यसँगको भेटमा सेरमका संयुक्त निर्देशक प्रकाश सिंहले यो कुरा जानकारी गराउँनुभएको हो ।
राजदुत आचार्यका अनुसार सेरमले नेपाल, बंगलादेश, भुटान लगायतका मुलुकलाई प्राथमिकता राखेको छ । भारतका ६ कम्पनि खोपको अन्तिम चरणमा रहेको जनाइएको छ । नेपाल सरकारले खोप उपलब्ध गराउन विभिन्न मुलुक र संस्थालाई आग्रह गरिसकेको छ । खोप उपलब्ध गराउने सम्बन्धमा नेपाली राजदुत आचार्यले सोमबार सेरमका संयुक्त निर्देशकसँग भेटवार्ता गर्नुभएको हो ।
भारतीय केन्द्रीय स्वास्थ्य मन्त्री हर्षवर्धनले जनवरीसम्ममा खोप लगाउन शुरु गरिने दावी गर्नुभएको छ । भारतको खोपको बजारमूल्य ६ डलर पर्ने र यो दुइ पटक लगाउनुपर्ने जनाइएको छ ।






