नेकपा ओली समूहले २०७८ मंसिर २ गते राष्ट्रिय महाधिवेशन गर्ने
18:07
मंगलवार
७ ,
पुष
२०७७
NepalBit
921
२०७७ पुस ७ गते, इटहरी ।
नेकपा भित्रको विवाद चरमउत्कर्षमा पुगेका समयमा काम चलाउ सरकारका प्रधानमन्त्री केपी ओली समुह पक्षधर केन्द्रीय सदस्यहरुको बालुवाटारमा आज वसेको बैंठकले २०७८ मंसिर २ गते राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ ।
यो समूहको बैंठकले प्रदीप ज्ञवालीलाई पार्टी प्रवक्ता तोकेको छ । ५ सय ५६ जनालाई केन्द्रीय समितिमा थप गरेको छ । अर्को बैंठक पुस ९ गते वस्ने निर्णय गरेको छ ।
ओली समूहले नेकपा पूर्नगठन गरेको भन्दै निर्वाचन आयोगमा आजै थप मनोनित सदस्यहरुको नामवाली बुझाएको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले जानकारी दिनुभएको छ ।






