प्रदेश एकका मुख्यमन्त्री विरुद्ध अविस्वासको प्रस्ताव, नयाँ प्रस्तावित मुख्य मन्त्रीमा भीम आचार्य
11:23
आईतवार
१२ ,
पुष
२०७७
NepalBit
1346
२०७७ पुस १२ गते, विराटनगर ।
प्रदेश नम्बर एक सरकारका विरुद्ध आज अविस्वासको प्रस्ताव दर्ता गरिएको छ । नयाँ प्रस्तावित मुख्य मन्त्रिमा भीम आचार्यको नाम प्रस्ताव गरिएको छ ।
प्रदेस सभाका संसद इन्द्र आङ्बो प्रस्तावक र लक्ष्मण तिवारी समर्थक रही अविस्वासको प्रस्ताव प्रदेस सभामा दर्ता गरिएको हो । अविस्वासको प्रस्तावमा ३७ जना सभासदहरुको हस्ताक्षर रहेको छ ।
अविस्वासको प्रस्ताव दर्ताका लागि आजै विहानमात्र प्रदेश नम्बर एक सरकारका एक मन्त्री र दुई राज्य मन्त्रीले राजिनामा दिएका थिए ।
माघ ७ गतेको लागि प्रदेस सभाको बैंठक वोलाइएको छ ।






