शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

वीपी प्रतिष्ठानमा डाक्टरहरुको तालाबन्दी



20:09 बिहीबार ६ , फाल्गुन २०७७

२०७७ फागुन ६ गते, इटहरी ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरुले शिक्षाध्यक्षसहित उपकुलपतिको कार्यालयमा तालाबन्दी गरेका छन् ।
चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजले तालाबन्दी गरेको हो ।
बढुवा प्रक्रियाको फाइल अगाडि नबढाइएको र कोभिडको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई जोखिम भत्ता नदिएकोमा डाक्टरहरु आन्दोलनमा रहेका छन् ।
यस्तै, प्रतिष्ठानबाट निस्कने फोहोरलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार व्यवस्थापन गरिनुपर्ने, इन्टरनेटको सुविधा, संकाय अनुसारको आवास लगायतका मागहरु चिकित्सकहरुले राखेका छन् ।
माघ २६ गते समाज र प्रतिष्ठानका पदाधिकारीबीच मागहरुलाई सम्बोधन गर्ने सहमति भएको थियो । तर अहिलेसम्म पनि माग पुरा गर्न अग्रसर नभएपछि तालाबन्दी गर्नुपरेको समाजका अध्यक्ष डा. विष्णु पोखरेलले जानकारी दिनुभयो ।
एक हप्ताभित्र माग सम्बोधन नभए अतिरिक्त जिम्मेवारीबाट सामूहिक राजीनामा दिने तयारी गरेको अध्यक्ष पोखरेलले बताउनुभयो ।
 

Featured News

Advertisement