शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

शुभकामना सन्देशमार्फत पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा राजाको भूमिकाको खोजि



21:15 बिहीबार ६ , फाल्गुन २०७७

२०७७ फागुन ६ गते, इटहरी ।
पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्ना हजुरबा त्रिभुवनको स्मरण गर्दै सबैमा प्रजातन्त्र दिवसको शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना दिदैँ पूर्वराजा ज्ञानेन्द्र शाहले राजाको भूमिका खोज्नुभएको छ । 
आज जारी गरिएको शुभकामना सन्देशमा भनिएको छ – “नेपाल, जनता र राजाको सहमतिबाट खडा भएको र त्यसको अस्तित्व पनि सहमतिबाटै हुने यथार्थको अवज्ञाले निषेध र विभेदको राजनीति सुरु गरिएकोमा मुलुक दिन प्रति दिन जटिलतामा फस्दै गएको महसुस आम नेपालीले गरिरहेका छन् ।” 
घमाउरोमा पारामा राजनैतिक दलहरुप्रति प्रश्न उठाइएको छ । जनताको चाहना राजा हुनुपर्छ भन्ने सन्देश दिने प्रयास समेत गरिएको छ । सन्देशमा भनिएको छ – “प्रजातन्त्र प्राप्तीको सत्तरी बर्ष पछि आएर पनि हामी अहिले प्रजातन्त्र कै बिषयमा विवाद, द्वन्द र वहसमै व्यस्त, ग्रस्त छौँ । प्रजातन्त्रमा जनशक्ति र जनसम्मति नै विशिष्ट पक्ष हो । जनताको आस्था, चाहना र जनभावना अमिर रहन्छ र यसलाई मेट्न खोजेर, बटारेर त्यो मेटिदैन बटारिन्न ।”
राजावादीहरुले राजतन्त्रको पूर्नस्थापनाको माग गर्दै आएका छन् । राजतन्त्रको माग सहित आन्दोलन गरिरहेका राजावादीहरु प्रधानमन्त्री ओलीको पुस ५ को कदमपछि मौन देखिएका छन् ।
 

Featured News

Advertisement