लायन्स क्लब इटहरी स्मार्ट सिटिद्वारा चक्रघट्टीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न
२०७७ फागुन ८ गते, इटहरी ।
लायन्स क्लब इटहरी स्मार्ट सिटिको आयोजनामा शुक्रबार बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नोबेल हस्पिटल विराटनगरसँगको सहकार्यमा महेन्द्र माबि बराहक्षेत्र – ६ चक्रघट्टीमा भएको शिविरमा सो क्षेत्रका १ हजार २ सय जनाले स्वास्थ्य सेवा लिएका छन् ।
स्मार्ट सिटिका सचिव भुपाल भट्टराईका अनुसार क्लबको मेगा प्रोजेक्टकका रुपमा गरिएको शिविरमा औषधी पनि निशुल्क रुपमा वितरण गरिएको थियो ।
निशुल्क स्वास्थ्य शिविरसँगै लायन्स क्लव इटहरी स्मार्ट सिटि र लियो क्लव इटहरी स्मार्ट सिटिद्वारा संयुक्त रुपमा महेन्द्र माविमा अध्ययनरत ५० जना विधार्थीलाई स्कुल ब्याग र प्रति विधार्थी ५ वटा कापी वितरण गरिएको छ । यसैगरी ३० परिवारलाई कम्बल वितरण गरिएको जनाइएको छ ।
कार्यक्रम लायन्स क्लव मल्टीपल काउन्सिल चियर पर्सन इन्द्र खत्री राजनको प्रमुख आतिथ्य तथा लायन्स क्लव इटहरी स्मार्ट सिटिकी अध्यक्ष लक्ष्मी बरालको अध्यक्षतामा भएको थियो ।






