शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

जेसिसले यूवाहरुलाई आत्मनिर्भर बनाउन र समग्र विकासका लागि महत्वपूर्ण कदम चाल्छ – अध्यक्ष बलराम चौलगाई



20:23 शनिबार ८ , फाल्गुन २०७७

२०७७ फागुन ८ गते, झुम्का ।

झुम्का जेसिसका अध्यक्ष बलराम चौलागाईले जेसिसलाई वर्तमान यूवा पुस्तालाई सक्षम नेतृत्वको विकास र कुशल यूवा पुस्ता निमार्ण कार्यमा महत्वपूर्ण भूमिका खेल्दै अगाडि बढाउने धारणा राख्नुभएको छ । शुक्रबार झुम्का जेसिस तथा झुम्का जुनियर जेसिस बर्ष २०२१ को पदभार ग्रहण कार्यक्रममा वोल्दै वहाँले सो धारणा राख्नुभएको हो । वहाँले भन्नुभएको छ – “यो बर्ष नेपाल जेसिसले यूवाहरुलाई आत्मनिर्भर बनाउन र यूवाहरुको समग्र विकासका लागि पनि महत्वपूर्ण कदम चालिने छ ।”
बलराम चौलगाई फागुन १ गते शनिवार भएको निर्वाचनबाट झुम्का जेसिस बर्ष २१ को अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो ।
झुम्का जुनियर जेसिसको अध्यक्षमा प्रनिश सुवेदी निर्वाचित हुनुभएको थियो ।
रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरीको प्रमुख आतिथ्यमा शुक्रबार भएको पदभार ग्रहण कार्यक्रममा कार्यकारी उपाध्यक्षमा सरोज कोइराला र सागर पराजुली, उपाध्यक्षमा तारा घट्टराई, रोहित नेपाल, कमल कुमार शाह र किरण चापागाईले पदभार ग्रहण गर्नुभएको छ ।
जनियर जेसिस २०२१ को अध्यक्ष प्रनिश सुवेदी सहित उपाध्यक्ष आदित्य खड्का र मिलेनियम निरौला, उपाध्यक्षमा मिकिस ठाकुर, नेहा शाह, सुगम झा र शिशिर भट्टराई तथा महासचिवमा छविरमण दाहालले पदभार ग्रहण गर्नुभएको छ ।

Featured News

Advertisement