प्रदेश १ को सडकमा हर्न बजाउन निषेध, बजाए जरिवाना
09:19
मंगलवार
११ ,
फाल्गुन
२०७७
NepalBit
928
२०७७ फागुन ११ गते, इटहरी ।
प्रदेश नम्बर १ मा पून हर्न निषेधित कार्यक्रम शुरु भएको छ । सोमबारदेखि प्रदेश एकका सडकमा कुनैपनि सवारी साधनले हर्न बजाउन पाउने छैनन् । २०७४ असोज १ गतेबाट यो कार्यक्रम शुरु गरिएको थियो । तर यसका विरुद्ध अदालतमा मुद्धा परेपछि रोकिएको थियो ।
प्रदेश एक ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता सुमन कुमार तिम्सिनाका अनुसार मुद्धा २०७६ जेठमै छिनोफानो भएपनि विभिन्न कारणले कार्यक्रमले पून निरन्तरता पाउन सकेको थिएन ।
अब सडकमा हर्न बजाए सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ (घ) को ३ बमोजिम ट्राफिक प्रहरीले कारबाही हर्नेछ ।
हर्न निषेधित क्षेत्र घोषणा भएदेखि हालसम्म २२ हजार एक सय ३ वटा सवारी साधनलाई कारबाही गरि १ करोड ११ लाख ९९ हजार ५ सय रुपैयाँ जरिवाना बापतको राजस्व संकलन गरेको छ ।






