ओलीलाई विश्वासको मत नदिने एमाले सांसद
२०७८ वैशाख २७ गते, काठमाण्डौं ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका २८ सांसद सोमबारको प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन बोलाएको बैठकमा एमालेकै २८ सांसद अनुपस्थित भएका हुन् ।
एमालेका बाँकी ९३ सांसदले भने प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएनन् ।
एमालेका अनुपस्थित सांसदहरुः
१. झलनाथ खनाल
२. माधवकुमार नेपाल
३. भीम रावल
४. घनश्याम भुसाल
५. सुरेन्द्र पाण्डे
६. गोकर्ण विष्ट
७. योगेश भट्टराई
८. मुकुन्द न्यौपाने
९. सोमप्रसाद पाण्डे
१०. जीवनराम श्रेष्ठ
११. रामकुमारी झाँक्री
१२. गणेश पहाडी
१३. जयकुमार राई
१४. यज्ञराज सुनुवार
१५. नारायण खतिवडा
१६. पवित्रा निरौला खरेल
१७. भवानी खापुङ
१८. दीपकप्रकाश भट्ट
१९. विरोध खतिवडा
२०. पुष्पाकुमारी कर्ण
२१. झपट रावल
२२. मेटमणि चौधरी
२३. सरला यादव
२४. कृष्णलाल महर्जन
२५. कल्याणी खड्का
२६. निरादेवी जैरु
२७. कलिला खातुन
२८. लक्ष्मीकुमारी चौधरी






