सोमबार ७, बैशाख २०८३ Mon,20 Apr 2026

सर्वाधिकार सुरक्षित

बूढानीलकण्ठ वार्ता विफल : महन्थद्वारा देउवाको प्रस्ताव अस्वीकार



15:18 बिहीबार ३० , बैशाख २०७८

२०७८ वैशाख ३० गते, काठमाण्डौं ।

नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपाल (जसपा) को महन्थ ठाकुर पक्षबीच बिहीबार भएको वार्ता विफल भएको छ । वार्ताका क्रममा काँग्रेस सभापति शेरबहादुर देउवाले आफू नेतृत्वमा बन्ने सरकारलाई सघाउन गरेको आग्रहलाई ठाकुरले अस्वीकार गर्नुभएको हो । 
देउवा निवास बूढानीलकण्ठमा भएको वार्तामा जसपा अध्यक्ष ठाकुरले आफूहरु सरकार निर्माणको दौडमा नरहेको कारण कुनै प्रकारको सहयोग नहुने बताउनुभएको थियो । जसपा नेपालले राखेको माग कहीँबाट पुरा नहुने देखेर आफूहरु तटस्थ बस्ने निर्णय गरेको कारण सत्ता समीकरणमा जसपाको कुनै भूमिका नरहने उहाँले स्पष्ट पार्नुभएको जनाइएको छ ।
सभापति देउवाका स्वकीय सचिव भानु देउवाले भन्नुभयो जसपा नेपालका अध्यक्ष ठाकुरलाई सरकार निर्माणमा सहयोग गर्न आग्रह गरिएको र उहाँले पार्टीमा छलफल गरेर जवाफ दिने भनेको बताउनुभयो । 
जसपा नेपालले राखेको माग पुरा गर्न आफूहरु तयार रहेको र त्यसका लागि मिलेर सरकार बनाउन देउवाको प्रस्ताव गरेको उहाँको भनाइ छ । 
स्रोतका अनुसार देउवाले यस्तो प्रस्ताव राखेपछि अध्यक्ष ठाकुरले यस्तो कुरा आफूहरुले वर्षौदेखि सुन्दै आइरहेको हुनाले माग पूरा हुनेमा आफूहरुलाई कुनै विश्वास नरहेको जवाफ फर्काउनुभएकोृ थियो । 

Featured News

Advertisement