सोमबार ७, बैशाख २०८३ Mon,20 Apr 2026

सर्वाधिकार सुरक्षित

विपक्षी गठबन्धनले भोलि बिहान १० बजे सर्वोच्चमा रिट दायर गर्ने



17:45 आईतवार ९ , जेष्ठ २०७८

२०७८ जेठ ९ गते, काठमाण्डौं ।

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले भोलि जेठ १० गते सरकारका कदमविरुद्ध संकलन गरिएको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दायर गरिने जानकारी दिनुभएको छ । आज सबै सांसदहरुको हस्ताक्षर भयो, भोलl बिहान १० बजे सर्वोच्च जान्छौं, नेता पुनले बताउनुभयो ।

यसैगरि, विपक्षी गठबन्धनका नेकपा एमालेका नेता सोमप्रसाद पाण्डेले बानेश्वरस्थितको संसद हलमा माधवकुमार नेपाल पक्षका १९ जना सांसदहरुको हस्ताक्षर जुटेको जानकारी दिनुभयो । नेता पाण्डेले विपक्षीहरुकोगठबन्धनमा एमले नेता माधवकुमार नेपाललाई प्रधानमन्त्रीमा अगाडि सार्ने भनेका कारण हस्ताक्षर गरिएपनि नेपाली काँग्रेसले पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा अगाडि सारेका कारण आफूहरुले गठबन्धनको सरकारको हस्ताक्षर फिर्ता मागिएको समेत बताउनुभयो ।
नेता पाण्डेले एमाले पार्टी एकताको सम्भावना अझै टुटी नसकेको समेत बताउदै आफूहरु पार्टी एकताको पक्षमा रहेको बताउनुभएको छ ।

Featured News

Advertisement