नेकपा (माओवादी केन्द्र) रामधुनीद्वारा संसद विघटनको विरोध
18:00
आईतवार
९ ,
जेष्ठ
२०७८
NepalBit
1300
२०७८ जेठ ९ गते, झुम्का ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रामधुनी नगर कमिटी, सुनसरीले प्रधानमन्त्री र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतोमा गरिएको संसद विघटनको विरोध एवं भत्सर्ना गरेको छ ।
कमिटीले आज जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ – “यो कदमले संवैधानिक सर्वोच्चता माथिको पनि खिल्ली उडाएको र अपहेलना गरेको ठहर गर्दै त्यस कदमको विरुद्धमा सिङ्गो पार्टी पंक्ति र अन्य लोकतान्त्रिक पार्टीहरुसँग समन्वय गरि मोर्चाबन्दी रुपमा राजनैतिक स्तरमा पहल गर्ने नगर कमिटीको निष्कर्ष रहेको छ ।”
साथै विज्ञप्तीमा यस कदमको विरुद्धमा लाग्न सवै जनसमुदायलाई आव्हान समेत गरिएको छ ।
विज्ञप्ती :







