बानका अध्यक्ष चन्द्र न्यौपानेको कोरोना सङ्क्रमणका कारण निधन
13:56
शुक्रबार
१४ ,
जेष्ठ
२०७८
NepalBit
936
२०७८ जेठ १४ गते, इटहरी ।
निजी रेडियोहरुको छाता संगठन ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानेको आज निधन भएको छ । कोरोना सङ्क्रमणका उहाँको निधन भएको हो ।
कोरोना सङ्क्रमण भएपछि वैशाख २८ विराटनगरको विराट टिचिङ हस्पिटलमा भर्ना गरिएको थियो । आज विहान ८ः१५ हस्पिटलमै उहाँको निधन भएको हो ।
हस्पिटल स्रोतका अनुसार उहाँलाई प्लाज्मा तथा रेमडिसिभर समेतको प्रयोग गरिएको उपचार गरिएको थियो ।
५० बर्षिय न्यौपाने रेडियो व्यवस्थापनको क्षेत्रमा लामो समयदेखि कार्यरत रहनुभएको थियो । उहाँ इटहरीको सप्तकोशी एफएमको स्टेसन म्यानेजर रहनुभएको थियो ।






