मोटरसाइकल चोरीमा संलग्न गिरोह पक्राउ
11:36
बुधबार
४ ,
जेष्ठ
२०७९
NepalBit
533
मोरङ / विभिन्न जिल्लामा मोटरसाइकल चोरीमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । मोरङ प्रहरीबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले चोरिएका सातवटा मोटरसाइकलसहित उक्त गिरोहलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा मोरङको जहदा गाउँपालिका १ बुधनगरका २० वर्षीय हरिओम मण्डल, सोही ठाउँका २० वर्षीय पन्नलाल राजवंशी, १८ वर्षीय विशाल राजवंशी, कटहरी गाउँपापलिका २ का २४ वर्षीय मनिष बस्नेत र विराटनगर ४ कञ्चनबारीका २२ वर्षीय प्रकाश राजवंशी रहेका छन् ।






