सोमबार ७, बैशाख २०८३ Mon,20 Apr 2026

सर्वाधिकार सुरक्षित

नवनिर्वाचित वडा सदस्य राजेन्द्र सुतिहारको निधन



22:15 शुक्रबार ६ , जेष्ठ २०७९

सप्तरी / सप्तरीको राजगढ गाउँपालिका–५ का नवनिर्वाचित वडा सदस्य ६९ वर्षीय राजेन्द्र सुतिहारको निधन भएको छ । सुतिहार सुतेकै अवस्थामा शुक्रबार बिहान मृत फेला परेको वडाध्यक्ष देवेन्द्र साहले जानकारी दिए ।

उनका अनुसार मतपरिणाम सार्वजनिक भएपछि सुतिहार बिहीबार विजय जुलुस मनाएर घर फर्किएका थिए। खाना खाएर सुतेका उनको निधन भएको बताइएको छ । बुधबार साँझ आएको मत परिणाम अनुसार सुतिहार राजगढ गाउँपालिका–५ को वडा सदस्यमा जनता समाजवादी पार्टीको तर्फबाट विजयी भएका थिए ।

Featured News

Advertisement