सोमबार ७, बैशाख २०८३ Mon,20 Apr 2026

सर्वाधिकार सुरक्षित

दुहबी ८ मा नेपाली काङ्ग्रेसबाट तारिक चन्द्र सरदार प्यानल सहित विजयी 



12:51 शनिबार ७ , जेष्ठ २०७९

दुहबी / दुहबी ८ नं वार्डमा  नेपाली काङ्ग्रेसबाट वडा अध्यक्षका प्रत्याशी तारिक चन्द्र सरदार प्यानल सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका अध्यक्षका प्रत्याशी अमित राई लाई  ३५१ को भारी मतले पन्छाउँदै सरदार विजयी भएका हुन । जम्मा २६०६ खसेको मतमा राईले १००६ ल्याएका थिए भने  सरदारले १३५७ मत ल्याएर विजयी भएका हुन । 

सरदार यसअघि ७४ सालको स्थानीय तहको चुनावमा पनि प्यानल सहित विजयी भएका थिए । त्यसै गरी महिला वडा सदस्यमा १३०५ मत ल्याउँदै २८१ को मतान्तरले कलावती माझी , दलित महिला सदस्यमा १२७५ मत ल्याउँदै २६८ को मतान्तरले सरिता मुसहर्र्नी, खुल्ला सदस्य तर्फ १२१४ मत ल्याउँदै ३५६ को मतान्तरले इन्दिरा निरौला , र अर्का खुल्ला सदस्य तर्फ नबि हुसेन १०६६ मत ल्याउँदै १४३ को मतान्तरले नेपाली काङ्ग्रेसबाट प्यानलले नै विजय हासिल गरेको हो  ।  

विजय पश्चात् विजय जुलुसमा अध्यक्ष तारिकचन्द्र  सरदारले समग्र ८ नं वार्डवासीको हंकहितमा ५ बर्स सम्म अहोरात्र खटिने र जनमानसको मर्म भावना अनुसार योजना बनाएर काम गर्ने  प्रतिबद्धता जनाए ।

Featured News

Advertisement