सोमबार ७, बैशाख २०८३ Mon,20 Apr 2026

सर्वाधिकार सुरक्षित

लागूऔषध गाँजासहित भेडेटारबाट दुई जना पक्राउ



11:37 बिहीबार १२ , जेष्ठ २०७९

धनकुटा / लागूऔषध गाँजासहित भेडेटारबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका ६ भेडेटार चेक प्वाइन्टबाट लागूऔषध गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।  

तेह्रथुमको शुक्रबारेबाट धरानका लागि छुटेको को १ ख ५१०५ बस चेकजाँच गर्ने क्रममा ७५० ग्राम गाँजा सहित धनकुटा नगरपालिका १ का १८ वर्षीय अनुप गुरुङ र धनकुटा ३ का २२ वर्षीय मिसेक राईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय भेडेटारमा राखेर आवश्यक अनुसन्धान तथा कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Featured News

Advertisement