सोमबार ७, बैशाख २०८३ Mon,20 Apr 2026

सर्वाधिकार सुरक्षित

विद्युत् सर्ट हुँदा बागलुङमा एक घर जलेर नष्ट



12:20 शुक्रबार १३ , जेष्ठ २०७९

बागलुङ / बागलुङ नगरपालिका–३ बोक्सेखाल्टाका जगन्नाथ गौतमको घरमा  आगलागी हुँदा घर जलेर नष्ट भएको छ ।  गए राति विद्युत् सर्ट हुँदा भएको  आगलागीबाट घरमा रहेका लत्ताकपडा, खाद्यान्न, नगद र सुनचाँदीसमेत जलेर नष्ट भएको परिवारले जनाएको छ । रातको समयमा एक्कासी आगलागी भएपछि परिवारले भागेर ज्यान जोगाएको गौतमले बताए ।

राति ९ बजेदेखि सुरु भएको आगलागी १ बजे मात्रै नियन्त्रणमा आएको थियो । आगलागी लगत्तै प्रहरीलाई खबर गरेपछि बागलुङ नगरपालिकाको दमकल र प्रहरी तथा स्थानीयवासीको सहायतामा आगो नियन्त्रणमा लिइएको प्रहरी प्रहरीले जनाएको छ ।

Featured News

Advertisement