झापामा दुई स्वतन्त्र उम्मेदवारको मत शून्य
झापा / स्थानीय तह निर्वाचन–२०७९ मा झापामा दुई नगर प्रमुखका उम्मेदवारले शून्य मत पाएका छन् । जिल्ला गौरादहमा नगर प्रमुखमा उम्मेदवारी दिएका इन्द्रबहादुर विष्ट र चन्द्रप्रसाद उप्रेतीको मत शून्य रहेको निर्वाचन आयोगले जनाएको छ ।
यस्तै ११ नगरप्रमुख–अध्यक्षका आकाङ्क्षीले एकदेखि नौ मतमात्र पाएका छन् । कमल गाउँपालिकामा स्वतन्त्र तर्फका अध्यक्षका उम्मेदवार भीमकुमार राईले एक मतमात्र पाएका छन् ।
त्यस्तै शिवसताक्षी योगमणि अधिकारी (स्वतन्त्र) ले चार मत, गौरादह राधिका धमला (स्वतन्त्र) ले सात मत, बिर्तामोड अञ्चल धिमाल (नेपाल लोकतान्त्रिक पार्टींं) ले छ मत, कमलका नारायणप्रसाद रिजाल (मौलिक जरोकिलो पार्टीं) ले आठ मत, दमकका देउकुमार राई (किराँत खम्बूवान साझा पार्टी)ले नौ मत, दमकका कृष्ण राया (लोकतान्त्रिक समाजवादी पार्टी नेपाल) ले छ मत, दमकका नेत्रजङ्ग थापा (स्वतन्त्र) ले छ मत, दमकका नीलकण्ठ सापकोटा (स्वतन्त्र) पाँच मत र दमककै कृष्ण खनाल (स्वतन्त्र) ले तीन मत पाएका छन् ।
रासस






