सोमबार ७, बैशाख २०८३ Mon,20 Apr 2026

सर्वाधिकार सुरक्षित

३१ वर्षीय सन्दीप लम्जेलको हत्यामा संलग्न दुईजना नाबालक पक्राउ



13:53 मंगलवार १७ , जेष्ठ २०७९

धरान / धरान ११ का ३१ वर्षीय सन्दीप लम्जेलको हत्यामा संलग्न दुईजना नाबालकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले अनुसन्धानको क्रममा लम्जेलको हत्यामा संलग्न धनकुटाको साँगुरीगढी ८ घर भई बगरकोटस्थित भेटघाट सेकुवा कर्नरमा काम गर्दै आएका १७ वर्षीय बालक र धरान १५ बगरकोटका १३ वर्षीय नाबालकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धरानस्थित बगरकोटको एक होटलमा काम गर्ने १७ वर्षीय र १३ वर्षीय बालक छन् । दुवैले लम्जेलको हत्या गरेको स्वीकार गरेका छन् । दुवै नाबालक रहेकाले परिचय गोप्य राखिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार जेठ १२ गते बिहान धरान ५ तल्लो देउरालीस्थित सुन्दरी बस्ती छेउ सन्दीपको शव भेटिएको थियो । 

प्रहरीको अनुसन्धान अनुसार नाबालकलाई सन्दीपले फोन गरेर ‘शारीरिक सम्बन्ध राख्ने केटी खोजीदेउ’ भन्दै धम्की र गालीगलौज गरेकाले उक्त कारणलाई लिएर हत्याको स्थिति आएको खुलेको छ ।

Featured News

Advertisement