सोमबार ७, बैशाख २०८३ Mon,20 Apr 2026

सर्वाधिकार सुरक्षित

सिसडोलवासीले मेयर शाहलाई भने,  'माग पुरा नभएसम्म फोहर फाल्न दिन्नौँ'



14:08 बुधबार १८ , जेष्ठ २०७९

काठमाडौं / महानगरपालिकाका मेयर वालेन्द्र शाहले राजधानीको फोहोर विसर्जन गर्न सिसडोल र बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयसँग सोमबार राती १० बजेसम्म अनौपचारिक वार्ता गरेका थिए । वार्तामा स्थानीय दलका केही कार्यकार्ता र मेयर साहका सचिवालयका कर्मचारी मात्र थिए। 

सरकारसँग वार्ताको विषयमा महत्त्वपूर्ण भूमिका खेलेका स्थानीय सङ्घर्ष समितिका संयोजक श्रीराम ढुङ्गानालाई बोलाइएको थिएन। एकतर्फी रूपमा केहीलाई मात्र बोलाएको भन्दै स्थानीय थप आक्रोशित भएका छन्। स्थानीयले मेयर घोषणा भएपछि मेयर शाहले गरेका वाचा पूरा नगरेसम्म फोहोर विसर्जन गर्न नदिने अडान कायम राखेका छन्। 

शाहले भर्खरै पदबहाली भएका छौँ, अबको केही दिनपछि माग पुरा गर्नेछौँ भनेर केही दिन फोहोर विसर्जन गर्ने समय माग गरेको भए बन्चरेमै फोहोर व्यवस्थापन हुने जिकिर गर्दै स्थानीय भन्छन्-'तर उहाँले फोहोर विसर्जनको अवस्था सुधार नभएसम्म फोहोर विसर्जन गराउँदिन भन्नुभएको थियो, हामी उहाँको वाचा पूरा नभएसम्म फोहोर फ्याँक्न दिन्नौँ।'

महानगरपालिकाको मेयरमा विजयी भएकै दिन शुक्रबार दिउँसो साह केही सहयोगी लिएर सिसडोल र बन्चरेडाँडा ल्यान्डफिल साइट पुगेका थिए ।

Featured News

Advertisement