झापामा चोरीमा संग्लग्न दुई जनालाई ४ थान मोटरसाइकलसहित पक्राउ
14:21
बुधबार
१८ ,
जेष्ठ
२०७९
NepalBit
590
झापा / चोरीमा संग्लग्न दुई जनालाई ४ थान मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले मिक्लाजुङ गाउँपालिका ५ पाँचथरका २१ वर्षीय चन्द्र कुमार योङ्या र २० वर्षीय सुरेन्द्र भनिने जीवन कुरुङवाङलाई पक्राउ गरेको हो ।
गत १३ गते दमक नगरपालिका ६ बाट चोरी भएको मोटरसाइकल खोजतलास गर्ने क्रममा उनीहरूले चलाईरहेको अवस्थामा फेला पारी दुवैजनालाई मिक्लाजुङ गाउँपालिका ६ शखधर चोकबाट पक्राउ गरेको प्रहरीले जनाएको हो ।
पक्राउ परेका उनीहरूले झापाका विभिन्न स्थानहरूबाट चोरी गरेका अन्य ३ थान मोटरसाइकल समेत प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।






