पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँले घट्यो
13:06
शनिबार
२१ ,
जेष्ठ
२०७९
NepalBit
573
सुनसरी / आकाशिदै गएको पेट्रोलियम पदार्थको मूल्य अहिले १० रुपैयाँले घटेको छ । नेपाल आयल निगमको बिहीबार बसेको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजल र मट्टीतेलमा लिटरमा १०–१० रूपैयाँले मूल्य घटाउने निर्णय गरेको हो ।
निगमले तोकेको नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १७० र डिजल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १५३ रूपैयाँ पर्ने निगमले जानकारी दिइएको छ ।
सरकारले पेट्रोलियम पदार्थमा लाग्ने प्रतिलिटर १० रूपैयाँ पूर्वाधार कर घटाएपछि मूल्य समायोजन भएको हो ।






