शुक्रबार ४, बैशाख २०८३ Fri,17 Apr 2026

सर्वाधिकार सुरक्षित

किन रोकियो अखिल क्रान्तिकारीको मतगणना ? के हुँदैछ अहिले ?



10:10 आईतवार १३ , माघ २०८१

इटहरी । अखिल क्रान्तिकारीको मत गणना विवादका कारण स्थगित भएको छ। शनिबार सम्पन्न निर्वाचनमा कालो मसी प्रयोग भएको भन्दै उम्मेदवारका प्रतिनिधिहरूबीच विवाद सिर्जना भएको हो। निर्वाचनमा मतदानका लागि रातो साइनपेन व्यवस्था गरिएको थियो। तर, केही मतदाताले कालो मसी प्रयोग गरेको पाइएपछि यो विषयमा असहमति उत्पन्न भएको छ।

अध्यक्ष पदका उम्मेदवार विजय सापकोटा पक्षले कालो मसीलाई मान्यता दिनुपर्ने माग राखेका छन्, तर उपदेश यादव पक्षले यसको विरोध गरेका छन्। यही कारणले गर्दा शनिबार रातिदेखि मत गणना स्थगित गरिएको छ।

विशेष प्रदेश, विश्वविद्यालय प्रदेश, र मधेश प्रदेशमा क्रमशः २६४, २५८, र १९५ मत खसेका छन्। मधेश प्रदेशमा आधा मत गनिसक्दा उपदेश यादवले सर्वाधिक ३० मत प्राप्त गरेका छन्। अन्य प्रदेशमा पछि परेका यादवले मधेश प्रदेशमा भने सबैभन्दा धेरै ७० मत पाएका छन्। त्यस्तै, विजयप्रकाश सापकोटाले ४१, हेमन्त राईले ४०, र सुदिन पौडेलले १ मत पाएका छन्।

समग्र मत परिणाम हेर्दा विजय सापकोटा र हेमन्त राईबीच कडा प्रतिस्पर्धा चलिरहेको छ। उपदेश यादव तेस्रो स्थानमा छन् भने सुदिन पौडेल चौथो स्थानमा छन्। विजयलाई प्रचण्ड निकट, हेमन्तलाई जनार्दन शर्मा निकट, उपदेशलाई नारायणकाजी श्रेष्ठ निकट, र सुदिनलाई वर्षमान पुन निकट मानिन्छ। यी उम्मेदवारहरूले अघोषित रूपमा प्यानल बनाएर चुनावमा प्रतिस्पर्धा गरेका थिए।

Featured News

Advertisement