शुक्रबार ४, बैशाख २०८३ Fri,17 Apr 2026

सर्वाधिकार सुरक्षित

'नो केबलकार समूह'द्वारा मेची राजमार्ग र तमोर करिडोर बन्द



12:04 मंगलवार १५ , माघ २०८१

इटहरी । ‘नो केबलकार समूह’ ले मंगलबार मेची राजमार्ग र तमोर करिडोर बन्द गराएका छन् । गत माघ १२ गते पाथीभरा क्षेत्रको बलुडाँडामा भएको झडपको विषयलाई लिएर उनीहरूले राजमार्ग र करिडोर बन्द गराएका हुन् । आज बिहानैदेखि सडकमा निस्किएका बन्दकर्ताले मोटरसाइकल र अटोसमेत सञ्चालनमा रोक लगाएका छन् ।

मेची राजमार्ग अन्तर्गत ताप्लेजुङदेखि पाँचथरको फिदिम, इलाम र झापाको चारआलीसम्म पर्छ । यता तमोर कोरिडोर अन्तर्गत ताप्लेजुङदेखि पाँचथर र धनकुटाको मूलघाटसम्म पर्छ । मूलघाट हुँदै धनकुटाको भेडेटार भएर धरान र चतरा जोडिन्छ । मुक्कुमलुङ संघर्ष समिति, केबलकार खारेजी संघर्ष समिति, किरात याक्थुम चुम्लुङलगायतका संघसंस्थाले केबलकार निर्माण कार्य तत्काल बन्द गर्नुपर्ने, घाइतेहरूको उपचार राज्यले गर्नुपर्ने, १२ गते पक्राउ परेका दुई जनालाई रिहा गर्नु पर्ने लगायतका माग राखेका छन् । 

Featured News

Advertisement