मंगलवार ८, बैशाख २०८३ Tue,21 Apr 2026

सर्वाधिकार सुरक्षित

अमेरिकाले निष्कासन गर्ने आप्रवासीमा १,३६५ नेपाली



13:29 बुधबार १६ , माघ २०८१

काठमाडाैं । अमेरिकाले आफ्नो देशमा बस्दै आएका अवैध आप्रवासीको सूची सार्वजनिक गरेको छ। डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति पद  सम्हालेसँगै अवैध आप्रवासीलाई आफ्नै देश फिर्ता पठाउने निर्णय गरेका थिए। सोहीअनुसार अमेरिकी अध्यागमन कार्यालयले आफ्नो देशमा बसिरहेका अवैध आप्रवासीको संख्या १४ लाख ४५ हजार पाँचसय ४९ जना रहेको उल्लेख गरेको हो।  

'नोभेम्बर २४,२०२४ सम्म,१४ लाख ४५ हजार पाँचसय ४९ जना गैरनागरिकहरू भेटिए। जसलाई अमेरिकाबाट हटाउनुपर्नेछ' अमेरिकी अध्यागमन कार्यालयलाई उदृत गर्दै विदेशी सञ्चारमाध्यमले उल्लेख गरेका छन्।  अमेरिकाबाट निष्कासित हुनेमा नेपालीहरू पनि छन्।  त्यहाँस्थित अध्यागमन कार्यालयका अनुसार अमेरिकाबाट निष्काशन पर्ने नेपालीको संख्या एक हजार तीनसय ६५ जना छ।   

अमेरिकाबाट बाहिरिने आप्रवासीमा सबैभन्दा धेरै होन्डुरसका छन्। होन्डुरिसका २ लाख ६१ हजार छ सय ५१ जना अमेरिकाबाट बाहिरिने सूचीमा छन्। त्यस्तै ग्वाटेमालाका दुई लाख ५३ हजार चारसय १३, मेक्सिकोका दुई लाख ५२ हजार ४४ र एल साल्भाडोरका दुई लाख तीन हजार आठ सय २२ जना छन्।चीनका ३७ हजार नौसय आठ, भारतका १७ हजार नौसय ४० जना, अफगानिस्तानका  एक हजार सातसय आठ जना, बंगलादेशका चार हजार आठसय ३७ जना, बहराईनका १७ जना छन्।  

Featured News

Advertisement