दमकबाट ३ जना बन्दकर्ता पक्राउ
12:35
आईतवार
२० ,
माघ
२०८१
NepalBit
267
झापा । झापाको दमकमा यातायात बन्द गर्दै हिँडेका तीनजना बन्द कर्तालाई प्रहरीले पक्राउ गरेको छ। मुक्कुमलुङ संरक्षण संघर्ष समितिले आज अरुण पूर्वका ९ जिल्ला बन्दको आव्हान गरेको छ। बन्द गर्ने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा दमकका सुक बहादुर लिम्बु, झनकुमार योङहाङ र पदम बेघा रहेका जिल्ला प्रहरी कार्यालय दमकले जनाएको छ।
बिहान १० बजेपछि बन्द कर्ताले पूर्वपश्चिम राजमार्गको दमकमा सवारी साधनलाई अवरोध गर्न खोजेका थिए। अहिले झापाका राजमार्गमा कतै पनि बन्धकर्ता नभएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।






