शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

पाथीभरा केबलकार विवाद : एक सातादेखि मेची राजमार्गमा यातायात ठप्प, जनजीवन प्रभावित



18:01 सोमबार २१ , माघ २०८१

ताप्लेजुङ । पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा एक सातादेखि जारी यातायात बन्दले सुदूरपूर्वी पहाडी जिल्लाको जनजीवन प्रभावित भएको छ। गत माघ १२ मा ‘नो केबलकार समूह’ र प्रहरीबीचको झडपमा दुई जनालाई गोली लागेपछि आन्दोलनरत पक्षले यातायात बन्द आह्वान गरेको हो।

आन्दोलनकारीले केबलकार निर्माण रोक्न, पक्राउ परेका तीन जनालाई रिहा गर्न र सुरक्षा फौज हटाउन माग गरेका छन्। प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार वार्ता प्रक्रिया जारी छ, र प्रदेश तथा संघीय सरकारसमेत समन्वयमा छन्।

फुङलिङ–१० काफ्लेपाटीदेखि मन्दिरसम्म २.७५ किमी केबलकार निर्माण हुँदैछ। आन्दोलनरत पक्षले पाथीभरा लिम्बू समुदायको पवित्र स्थल भएकाले संरचना निर्माण रोक्नुपर्ने बताउँदै आएका छन्।

यसैबीच, सरकार वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको नेतृत्वमा टोली गठन गरेको छ। मन्त्रालयले वार्ता र संवादबाट समस्या समाधानका लागि आह्वान गरेको छ।

आन्दोलनरत पक्षले माघ २०–२१ मा नौ जिल्ला लिम्बूवान बन्दको घोषणा गरेका छन्। माग पूरा नभए २२ गतेदेखि अनिश्चितकालीन हड्ताल गर्ने चेतावनी दिइएको छ।

Featured News

Advertisement