शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

झापामा मोटरसाइकल डाइभर्सनमा ठोक्किँदा चालकको मृत्यु



18:03 सोमबार २१ , माघ २०८१

 इटहरी । पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिका–१ जुके कल्भर्टमा आज बिहान सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको मे४प ९५० नंको मोटरसाइकल आफै अनियन्त्रित भई डाइभर्सनमा ठोक्किँदा झापा गाउँपालिका–६ शरणामतीका ५० वर्षीय हरिप्रसाद सिटौला गम्भीर घाइते भएका थिए ।

टाउको र निधारमा चोट लागेर घाइते भएका सिटौलालाई उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल पठाइएको थियो । अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले जाँच गर्दा मृत्यु भइसकेको जनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

Featured News

Advertisement