शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

रवि लामिछानेसहित १४ जनाविरुद्ध आज चितवनमा मुद्दा दर्ता हुँदै



18:07 सोमबार २१ , माघ २०८१

इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध चितवन जिल्ला अदालतमा ठगी मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ। प्रहरी अनुसन्धान र प्रमाणका आधारमा सरकारी वकिल कार्यालयले ठगी तथा संगठित अपराधको आरोपमा मुद्दा दर्ता गर्ने भएको हो।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको ठगी प्रकरणमा पूर्व उपप्रधानमन्त्री लामिछानेसहित १४ जना र ६ वटा संस्थाविरुद्ध मुद्दा दर्ता गरिंदैछ। सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँल चितवनमा रहेकाले मुद्दा दर्ता केही ढिला हुन सक्ने बताइएको छ।

यसअघि अनुसन्धान प्रक्रिया अपूर्ण ठहर गर्दै सरकारी वकिल कार्यालयले फाइल पुनः प्रहरी कार्यालयमा फर्काएको थियो। पुनः अनुसन्धानपछि प्रहरीको प्रतिवेदनमा लामिछाने, पूर्व डीआईजी छविलाल जोशी, पूर्व असई रामबहादुर खनालसहित १४ जनालाई प्रतिवादी बनाउने राय दिइएको छ।बचतकर्ताले ३८ करोड रुपैयाँ ठगी आरोप लगाउँदै जाहेरी दिएका थिए। प्रहरीले ४३ करोडभन्दा बढी रकम गैरकानुनी रूपमा विभिन्न कम्पनीहरूमा गएको निष्कर्ष निकालेको छ।

गोरखा मिडिया नेटवर्कमा १० करोड ८० लाख, जीबी ग्रुप अफ कम्पनीमा ९ करोड ७० लाख, नेचर हब्र्समा ९ करोड ७३ लाख, स्प्रिङ उड रियलस्टेट र नेचर नेस्ट कम्पनीमा बाँकी रकम गएको पाइएको छ। यसअघि पनि लामिछानेले सूर्यदर्शन, स्वर्णलक्ष्मी, र सुप्रिम सहकारी प्रकरणमा धरौटी तिरेर छुटेका थिए। अब उनलाई ठगी र संगठित अपराध अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको छ।

Featured News

Advertisement