संसद्मा प्रचण्डले सम्बोधन गर्दै, प्रधानमन्त्री ओली बैठकमै नजाने
13:38
बिहीबार
२४ ,
माघ
२०८१
NepalBit
255
इटहरी । प्रधानमन्त्री केपी शर्मा ओली आजको संसद् बैठकमा नजाने भएका छन्। आजको संसद् बैठकमा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दैछन्। तर, दिउँसो १ बजेदेखि सुरु हुने भनिएको संसद् बैठक भर्खरै सुरु भएकाे छ।आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नजाने उनको सचिवालयले जनाएको छ।
गएको शुक्रबारदेखि सुरु भएको संसद्को हिउँदे अधिवेशनकाे पहिलाे दिन प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताले सम्बोधन गरेका थिए। त्यो दिन प्रचण्डले बोलेका थिएनन्।






