शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

सिन्धुलीमा सडकबाट गाडी खस्दा चालकको मृत्यु, पाँच जना घाइते



10:23 शुक्रबार २५ , माघ २०८१

सिन्धुली । बीपी राजमार्गको सिन्धुलीमाडी–खुर्कोट खण्ड अन्तर्गत गोलन्जोर गाउँपालिका ५ खनियाँखर्क नजिक शुक्रबार बिहान भएको यात्रुबाहक विद्युतीय सवारी (इभी) दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

दुर्घटनामा पाँच जना घाइते छन् । झापाबाट काठमाडौं जाँदै गरेको वा १ –०३० च ९६४२ नं को इभी दुर्घटनामा चालक २६ वर्षीय सुशान्त नेपालीको उपचारका क्रममा सिन्धुली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

सडकबाट करिब चारसय मिटर तल खसेकाले उद्धारमा समेत कठिनाइ भएको सिन्धुलीका प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले बताए । घाइते पाँच जनाको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । चालक निदाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

Featured News

Advertisement