काठमाडौं आउँदै गरेको बस चितवनमा सेतीदोभान पुलबाट खस्यो
08:37
आईतवार
२७ ,
माघ
२०८१
NepalBit
252
चितवन । नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज बिहान ४ः३० बजे नारायणगढ–मुग्लिन सडक खण्डको सेतीदोभान पुलबाट खस्दा २३ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले बस दुर्घटनामा बसमा सवार २८ जनामध्ये २३ जना घाइते भएको जानकारी दिइन् ।
उनका अनुसार घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य यात्रु सकुशल छन् । ‘टायर पञ्चर’ हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरी निरीक्षक भण्डारीले जानकारी दिइन् । दुर्घटनामा केही यात्रु गम्भीर घाइते भएका छन् । घटनाको थप विवरण आउँन बाँकी छ ।






