चितवन बस दुर्घटना : घाइते हुनेको संख्या २५ पुग्यो
08:56
आईतवार
२७ ,
माघ
२०८१
NepalBit
223
चितवन । नेपालगन्जबाट काठमाडौँ जाँदै गरेको बस चितवनमा दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।नेपालगन्जबाट काठमाडौँ जाँदै गरेको लु।प्र ०३-००१ ख ००७७ नम्बरको बस आइतबार (आज) बिहान ४:३० बजेतिर नारायणगढ-मुग्लिन सडकअन्तर्गत सेतीदोभान पुलबाट खसेको हो।
दुर्घटनामा बसमा सवार ३० जनामध्ये २५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी ज्ञान कुमार महतोले जानकारी दिए।उनका अनुसार घाइतेलाई चितवन मेडिकल कलेज लगिएको छ भने अवस्था सामान्य छ।
टायर पन्चर हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको डीएसपी महतोले बताए।घाइतेहरूको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।






