२४ घण्टामा २ घण्टा मात्र सुत्छन् सलमान
09:01
आईतवार
२७ ,
माघ
२०८१
NepalBit
463
एजेन्सी । बलिउड अभिनेता सलमान खानले हालै आफ्ना भतिजा अरहान खानको पडकास्टमा आफू २४ घण्टामा २ घण्टा मात्र सुत्ने गरेको खुलासा गरेका छन्।
यस क्रममा उनले मानिसहरूलाई कडा परिश्रम गर्न सल्लाह पनि दिएका छन्।सलमानले भनेका छन्, ‘म सामान्यतया २ घण्टा सुत्छु र महिनामा एकपटक मात्र ७/८ घण्टा सुत्न पाउँछु। कहिलेकाहीँ सेटमा सुटिङको तयारी भइरहेका बेला म केही मिनेटको लागि निदाउँछु।’
उनले अगाडि भनेका छन्, ‘म तब मात्र सुत्न सक्छु जब मेरो केही काम हुँदैन। म जेलमा हुँदा राम्रोसँग सुतेको थिएँ। उडानमा हुँदा पनि म आरामसँग सुत्छु किनभने त्यतिबेला मेरो केही काम हुँदैन।’








