शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

आगलागीमा घाइते शानदार मःमका दुई कामदारको मृत्यु



11:22 मंगलवार २९ , माघ २०८१

काठमाडाैं । आगलागीमा घाइते भएका कमलपोखरीस्थित शानदार मःम पसलका दुई कामदारको मृत्यु भएको छ। उपचारको क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा रबिन राई र भिमबहादुर घलेको मृत्यु भएको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराकाअनुसार राईको सोमबार र घलेको मंगलबार मृत्यु भएको हो। गत बिहीबार बिहान ग्यास लिक गएर आगालागी हुँदा ११ जना घाइते भएका थिए । जसमध्ये सात जना गम्भीर घाइते भएका थिए ।

Featured News

Advertisement