इलाममा बुवाको हत्या आरोपमा छोरा–बुहारीसहित ६ जना पक्राउ
इलाम । इलाममा बाबुको हत्या आरोपमा प्रहरीले मृतकका छोरा–बुहारीसहित ६ जनालाई पक्राउ गरेको छ । सूर्योदय नगरपालिका–११, सुन्तलेका ५१ वर्षीय धनराज राईको हत्या आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
हत्या आरोपमा मृतकका छोरा २९ वर्षीय एडवड राई तथा एडवडकै पत्नी २६ वर्षीया मालती तामाङ (राई), छिमेकी २४ वर्षीय नवीनकुमार राई, २६ वर्षीय निसान राई, २० वर्षीय राजीव राई र २३ वर्षीय दिवस राईलाई प्रहरीले सार्वजनिक गरेको छ ।
मृतकको शव सोमबार उनकै घरको भुइँतल्लाको बीचको कोठामा भेटिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । राईको टाउकोको अगाडि र पछाडिको भागमा गम्भीर चोट लागेको, कोठामा रगत लागेको अवस्थामा कोदालो, फलामको रड, आग्लोलगायतका सामग्री फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।






