शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आज देशभरको मौसम?



07:24 बिहीबार १ , फाल्गुन २०८१

इटहरी । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।यतिबेला (बिहीबार बिहान) कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ। देशका बाँकी भूभागको मौसम मुख्यतया सफा छ। देशका मध्य र पूर्वी तराईका केही भूभागमा अहिले हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई  स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। 

‘आज कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई  स्थानमा हल्का हिमपातको सम्भावनासमेत छ। बिहानीपख तराईका केही भूभागमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ। यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्नको लागि आवश्यक उपाय तथा सतर्कता अपनाउन अनुरोध छ,’ महाशाखाको बुलेटिनमा भनिएको छ।

Featured News

Advertisement