शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

कोशी प्रदेशसभा सचिव गोपाल पराजुली भ्रष्टाचारको दोषी, ६ वर्ष कैद र करोडौं जरिवाना



15:48 बिहीबार १ , फाल्गुन २०८१

इटहरी । कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुली भ्रष्टाचारको दोषी ठहर भएका छन्। उनलाई सर्वोच्च अदालतले ६ वर्ष कैद सजायको फैसला गर्दै ६२ लाख ३७ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको छ। त्यसको दोब्बर अर्थात् १ करोड २२ लाख रुपैयाँ जरिवाना तोकिएको छ।

१० वर्षअघि काठमाडौँ जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी हुँदा पशुपतिको जग्गामा बालुवाखानी सञ्चालन गर्न दिएर भ्रष्टाचार गरेको आरोपमा उनी दोषी ठहर भएका हुन्। विशेष अदालतबाट सफाइ पाए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पुनरावेदनपछि सर्वोच्च अदालतले विशेष अदालतको फैसला उल्ट्याएको हो।

यसै प्रकरणमा नेकपा एमाले नेता निर्मल कुइँकेलसहित ९ जना दोषी ठहर भएका छन्। कुइँकेललाई ६ वर्ष कैद र ८३ लाख ४१ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरिएको छ। अदालतको फैसलासँगै पराजुली पदमुक्त भएका छन्। अन्य दोषीलाई पनि कैद तथा जरिवाना तोकिएको छ।

Featured News

Advertisement