शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

अमेरिका पठाई दिने भन्दै २१ लाख ठगी, दुई जना पक्राउ



07:52 शुक्रबार २ , फाल्गुन २०८१

 काठमाडाैं । वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहा नगरपालिका–८ घर भई हाल काठमाडौं–३२ तीनकुने बस्ने ३३ वर्षीय रमेशकुमार ठाकुर र धनुषा विदेह नगरपालिका–५ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–५ बस्ने २९ वर्षीय विशाल ठाकुर रहेका छन् ।

दुबैलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार काठमाडौं–३२ कोटेश्वरबाट पक्राउ गरेको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए । अमेरिका पठाइदिने बहानामा दुई जना व्यक्तिबाट २१ लाख रुपैयाँ ठगी गरेको उजुरी परेपछि उनीहरूलाई पक्राउ गरिएको आचार्यले बताए ।

‘आकर्षक तलबको प्रलोभनमा पारेर अमेरिका लैजाने भन्दै रकम लिएर लामो समयसम्म झुक्यानमा पारी सम्पर्कविहीन भएपछि पीडितले उजुरी दिएका थिए,’ आचार्यले भने । पक्राउ परेका दुबैलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको आचार्यले बताए ।

Featured News

Advertisement