शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

कस्तुरी कलेज इटहरीकाे २६औं वार्षिकोत्सवमा सम्मानै सम्मान



17:11 शुक्रबार २ , फाल्गुन २०८१

इटहरी । इटहरीस्थित कस्तुरी कलेजले शुक्रबार आफ्नो २६औं वार्षिकोत्सव विशेष कार्यक्रमसहित सम्पन्न गरेको छ। वार्षिकोत्सवको अवसरमा शैक्षिक, सामाजिक तथा पत्रकारीता क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो।

कलेज व्यवस्थापन समिति अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षतामा तथा पूर्वाञ्चल विश्वविद्यालय मोरङका रजिष्ट्रार निलमणी पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा वर्षभरि विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने तथा नियमित कलेज आउने एक सयभन्दा बढी विद्यार्थीलाई सम्मानसहित पुरस्कृत गरियो।

यस अवसरमा कलेजका पूर्वविद्यार्थीहरू केशव खनाल, ओशन दाहाल, शर्मिला पोखरेल, सुजनबाबु वस्नेत, सविना श्रेष्ठ, सुजन लामा, र नजाउद्दीन मियालाई सम्मान गरियो। साथै, इटहरी क्षेत्रका पत्रकारहरू सप्तकोशी एफएमका प्रधान सम्पादक लिलाराज भट्टराई, नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष अर्जनु सुवेदी, तथा नेपाल टेलिभिजन इटहरीकी समाचार प्रस्तोता भूमिका पाख्रिनलाई सम्मानपत्र प्रदान गरियो।

कलेजका प्राचार्य कमलेस शर्मा पौडेलले कलेजको दीर्घकालीन उद्देश्य, विद्यार्थीहरूको भविष्य निर्माण, तथा समग्र उन्नतिका लागि सबैको सहयोग आवश्यक रहेको बताए।

कार्यक्रममा एकल गायन तथा नृत्य प्रतियोगिता आयोजना गरिएको थियो, जहाँ पाँच-पाँच जना छात्रा तथा छात्रले प्रस्तुति दिएका थिए। निर्णायकको भूमिकामा सोनु जयन्ती र मणि गुरुङ रहेका थिए। उत्कृष्ट प्रतिभालाई पुरस्कृत गरिने जानकारी कलेजका प्रिन्सिपल भुपेन्द्र न्यौपानेले दिए।

हाल कलेजमा कक्षा ११ देखि मास्टर्स तहसम्म १,४०० विद्यार्थी अध्ययनरत छन्। कार्यक्रममा विद्यालयका अध्यक्ष प्रेमप्रसाद न्यौपाने, नागरिक समाजका अध्यक्ष आर.के. राई लगायतको उपस्थिति रहेको थियो।

Featured News

Advertisement