बुधबार ९, बैशाख २०८३ Wed,22 Apr 2026

सर्वाधिकार सुरक्षित

प्रकृति मृत्यु प्रकरण : आईआइटीमा अध्ययरत १२६ बढिनेपाली विद्यार्थी फर्किए



19:31 बुधबार ७ , फाल्गुन २०८१

पर्सा । भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआइटी) मा अध्ययरत १२६ जना विद्यार्थी रक्सौल नाका हुँदै नेपाल फर्किएका छन् ।केआईआइटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएसँगै नेपाली विद्यार्थीहरु असुरक्षाका कारण देखाउँदै स्वदेश फर्किएका हुन् । जिल्ला प्रशासन कार्यालय पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले आज १०३ छात्र र २३ छात्रा फर्किएको जानकारी दिए ।

निमित्त प्रजिअ गौतमले फर्किएका विद्यार्थीले केआईआइटीका प्रशासनले धम्की र मानसिक यातना दिएको गुनासो गरेको जानकारी दिए । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले आज वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासदेखि घण्टाघर चोकसम्म मृत्यु भएकी विद्यार्थी लम्सालले न्याय पाउनुपर्ने भन्दै विरोध प्रदर्शनी गरेका थिए ।

यस्तै ७५ जना विद्यार्थी जोगवनी नाका हुँदै नेपाल नेपाल फर्किएका छन् । बुधबार दिउँसो ३ बजेसम्म ७५ जना नेपाली विद्यार्थी नेपाल प्रवेश गरेको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । नेपाल फर्किनेमा मोरङका ३६, सप्तरीका १६, सुनसरीका ११, काठमाडौँका ३, सिराहाका ३, सर्लाहीका २, जनकपुरका २, ललितपुरका १ र उदयपुरका १ छन् ।

फर्किएका विद्यार्थीले साथीको मृत्यु पश्चात् त्रासका कारण आफूहरू नेपाल फर्किनु परेको बताएका थिए । नेपाल फर्केका विद्यार्थीको बारेमा सीमा नाकामा उनीहरूको रेकर्ड राखिएको उनले जानकारी दिए । नेपाल फर्किएका विद्यार्थीलाई आ– आफ्नो घरतर्फ पठाउन सहजीकरण गरिएको यादवले बताए । नेपाल विद्यार्थीलाई भारतीय सीमा सुरक्षा बल एसएसबी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त सहजीकरण गरेका छन् ।

Featured News

Advertisement