शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

पोखरामा जीपले स्कुटरलाई ठक्कर दिँदा आमाको मृत्यु, छोरा गम्भीर घाइते



12:16 शुक्रबार ९ , फाल्गुन २०८१

पोखरा । पोखरामा जीपले स्कुटरलाई ठक्कर दिँदा आमाको निधन भएको छ भने छोरा गम्भीर घाइते भएका छन् । पोखरा महानगरपालिका–८ सिर्जनाचोकबाट जिरोकिमीतर्फ जाँदै गरेको ग३च८९७७ नम्बरको जीपले बुधबार दिउँसो जिरोकिमीबाट सिर्जनाचोकतर्फ आउँदै गरेको ग १३ प ३२०६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा आमाको निधन भएको हो भने छोरा गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा परेर गम्भीर घाइते भएकी पोखरा महानगरपालिका–११ फुलबारीकी ५६ वर्षीया माया गुरुङको मेट्रोसिटी अस्पतालमा निधन भएको प्रहरीले जानकारी दिएको छ । सोही दुर्घटनामा गम्भीर घाइते भएका उनकै २६ वर्षीय छोरा मनोज गुरुङको अहिले पनि मेट्रोसिटी अस्पतालमा नै उपचार भइरहेको प्राप्त जानकारीमा उल्लेख छ ।

सोही दुर्घटनामा सडक किनारमा रोकिराखेको ग ७ प ५२७४ नम्बरको स्कुटरमा पनि क्षति पुगेको प्रहरी स्रोतले जनाएको छ । घटनापछि जीप चालक स्याङ्जा हरिनाश गाउँपालिका– १ का २५ वर्षीय निर्मल गुरुङलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Featured News

Advertisement